stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना उपचारको जिम्मेवारी लिन कांग्रेसको माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । देशमा कोभिड–१९ बाट संक्रमितको संख्या दिनानु दिन बढ्दो छ । पछिल्लो आकंडा अनुसार संक्रमण दर २८.५ प्रतिशत पुगेको छ भने देशभरि संक्रमित भएका मध्ये ५२ प्रतिशत काठमाडौं उपत्यकामा भेटिएको छ ।

नेपालको संक्रमण दर अन्य देशहरुको तुलनामा अत्यन्त उच्च देखिएको छ । यो आकंडाले नेपालमा स्थिति भयावह हुँदै गएको संकेत गर्दछ। तर सरकार देशमा कोभिड–१९ संक्रमण रोक्न सफल भएको दावी गर्दैछ। सरकारको यो भन्दा विरोधाभाष र गैर जिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना हुन सक्दैन।

संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद सरकार कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिदैछ।

त्यसमाथि सरकारी अस्पतालहरुले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नु पर्ने सूचना जारी गर्दैछन्। यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय विरामीहरु अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा समेत घरमै बस्नु पर्ने वाध्यता भएको छ।

सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरुलाई अरबौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड–१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरुले परिक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नु पर्ने र वेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नु पर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ।

सरकार जिम्मेवारी वहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना हो। सरकारको यस्तो जनविरोधी क्रियाकलापको नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले एक विज्ञाप्ति प्रकाशित गरि घोर निन्दा गरेका छन् । कोरोना परिक्षण र उपचारमा सरकारले तत्काल पूर्ण जिम्मेवारी लिन नेपाली कांग्रेस माग गरेको छ । कोभिड–१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरुका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ भनिएको छ ।

कोभिड–१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरुको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको छ ।

मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र सावुन पानीले नियमित हाँत धुने उपायहरुलाई गम्भीरताका साथ लिन पनि हामी सबैसँग आग्रह गर्दछौं समितिले भनेको छ।

prabhu mahalaxmi
kumari