stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपतिबाट रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ। राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको हो ।

रानीपोखरीमा रहेको ताम्रपत्र अनावरण गरेर राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गर्नुभएको थियो यसअघि नेपाल र भारतमा रहेका विभिन्न तिर्थस्थल, कुण्ड र नदीहरुबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो ।

रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पनि पुनस्निर्माणको काम पनि सकिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति र प्रधानमन्त्री दुबैले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा प्रतिस्थापन गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरुको बलियो र राम्रोसँग पुननिर्माण गर्ने अठोट गरेको र यो पुरा भएकोमा खुशी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले पुननिर्माणको बाँकी काम पनि छिट्टै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको संरक्षणले हाम्रा साँस्कृतिक र ऐतिहासिक धरोहरको महत्व थप उजागर भएको राष्ट्रपति भण्डारीले बताउनुभयो । पुननिर्माण हुँदै गरेको धरहरा र रानीपोखरीको वृहत गुरुयोजनाले पर्यटकहरुको आकर्षण बढाउने उहाँको विश्वास थियो ।

यसैगरी, राष्ट्रपति भण्डारीले दरबार हाई स्कुलले पुर्‍याएको योगदानको चर्चा पनि गर्नुभयो । मौलिक मल्लकालिन शैलीमा नै यो मन्दिरको पुनः निर्माण गरिएको छ । २०७२ सालको भूकम्पपछि यो मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको थियो । यसपालिबाट भने यो मन्दिरमा दशैँको टीकामा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनस् निर्माण गर्न २८ करोड रुपयाँ लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।।

prabhu mahalaxmi
kumari