stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते गर्दै १३ गतेका लागि निर्वाचनको कार्यतालिका बनाइएको छ ।

मतदान भने १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । यता, महासंघले आसन्न चुनाव तीन ठाउँबाट गर्ने तय गरेको छ । निर्वाचनका लागि महासंघको सचिवालय टेकु, कार्की ब्याङ्क्वेट बबरमहल र प्रज्ञा प्रतिष्ठानमा निर्वाचनका कार्यक्रम हुने छन् ।

कोभिड–१९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइने छ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल सहित चुनावी मैदानमा उत्रदैछन् । यसअघि चैतमै हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारण पटक–पटक रोकिएको थियो ।

prabhu mahalaxmi
kumari