stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाउनेमुख्य व्यक्ति पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठनको नामक समुह बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्‍भाव, शिष्टाचार बिरुद्ध सामग्री पोष्ट गरी प्रतिक्रिया जनाउने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका–१ का अभिषेक नेपाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अभिषेकले उक्त संगठन नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनले विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसूर गरेको खुलेपश्चात पक्राउ गरी उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

prabhu mahalaxmi
kumari