stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हिमालयन डिस्टिलरी र मल्टीपर्पोज फाइनान्सको सेयर कारोबार फुकुवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सोमबार हिमालयन डिस्टिलरी र मल्टीपर्पोज फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ । वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले हिजो आइतबार नियमित कारोबार हुने ५ सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । जसमध्ये हिमालयन र मल्टीपर्पोजले नवीकरण शुल्क बुझाएपछि कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नविकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण तथा कारोबार स्थगित गर्ने व्यवस्था छ । हरेक आर्थिक वर्ष समाप्त भएपछि ३ महिनाभित्रमा नवीकरण नगर्ने कम्पनीको सेयर कारोबार रोक्का हुन्छ ।

prabhu mahalaxmi
kumari