stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए । प्रधानमन्त्री ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधका विरुद्ध चाँडै नै नयाँ कानुन आउने पनि बताए ।

बलात्कारजस्ता घटनामा मिलापत्र गरेर अपराधी छाड्ने र छोडाउनेहरुलाई कानुनी कारबाहीका लागि पछि नहट्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।

prabhu mahalaxmi
kumari