stcnepal long ad
global ime bank long

ओपो स्मार्टफोनले ल्यायो दशैँ र तिहारको लागि बम्पर अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले सबै नेपालीको महान चार्ड बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उक्त योजना योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई सीएमईआईरडीसी कोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

महान चार्ड बडा दशैँ र तिहारमा उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेनको घोषणा गरेको ओपोले बताएको छ ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ओपो रुक्उबअभश्र आईएमईआई र आईओटी उपकरणका लागि स्ओपो स्पेश सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्नेछ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिनेछ ।

छनोटमा परेका मध्य पहिलो दूई चरण (अक्टोबर ८ देखि २२) सम्म प्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१ एमएम ओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू १( एक)( एक थान जित्नेछन् ।

त्यसैगरी, दास्रो चरण ९ नोवेम्बर ७ देखि १४० सम्म अथवा तेस्रो लक्कि ड्र मार्फत प्रथम पुरस्कार विजेताले ओपो एफ१७ प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ १७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू १ थान जित्नेछन् । विजेताहरूको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिन ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरू मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रूपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।

IME Lifesidebar
kumari