citizens life insurance long ad
stcnepal long ad

सन् २०२२ को डाइभर्सिटी भिसा डीभी खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समय अनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा नोभेम्बर १० सम्म तोकिएको छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत आग्रह गरेको छ ।

IME Life
kumari