stcnepal long ad
nabil bank
macchha(MBL)

सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विद्यमान कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बाबजुद कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाईमा सेतीखोला हाइड्रोपावर प्रा.लि.ले कास्कीको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मे.वा. विद्युत उत्पादन क्षमता रहेको सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । २०७७ असोज १८ गते भएको उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडबाट रु. २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबाट रु. १ अर्ब २५ करोड गरी जम्मा रु. ३ अर्ब २५ करोड रुपैंया बराबरको कर्जा सिमा स्वीकृत भएको छ । कुमारी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंक लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट नायब प्रमुखकार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतकोउपस्थिति रहेको थियो ।
कार्यक्रममा अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजन ानिर्माण कार्य दु्रतगतीमा सञ्चालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति (RCOD) भित्रै परियोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा कुमारी बैंक लिमिटेडका नायव महाप्रबन्धक रामचन्द्र खनालले कुमारी बैंक लिमिटेडले हाल सम्म ४९ वटा वटा विभिन्न परियोजनामा जम्मा रु.२२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायव कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा रु. ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी समेत गराउनु भयो । उक्त परियोजनामा स्थानीयबासीन्दाहरुको समेत उलेख्य लगानी रहेको छ ।

prabhu mahalaxmi
kumari