stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महानगरीय अपराध महाशाखाको निरीक्षण तथा निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी कार्याल,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार महानगरीय अपराध महाशाखा मिनभवनको निरीक्षण तथा कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभयो ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै नायव महानिरीक्षक पोखरेलले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभ(लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभाव रहित अनुसन्धान गरि पिडितलाई न्याय दिनु पर्ने बताउनु भयो ।
महाशाखा अनुसन्धानको बिशिष्टिकृत क्षेत्र भएकाले प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल सेवा प्रवाह गर्न निर्देशन दिदै प्रहरीको अनुसन्धानले नै दोषी प्रमाणित हुने र पीडितले न्याय प्राप्त गर्ने भएकाले गहन रूपमा सफल अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।
अपराध अनुसन्धानमा पोख्त जनशक्ती महाशाखामा भएकाले आफ्नो जिम्मेवारीमा कुनै कसर बाकी नराखि कार्य गर्नु पर्ने बताउनु भयो ।
कोभिड १९ का कारण लकडाउन अबधी समाप्त भई व्यपारिक क्षेत्रहरू खुलेको र आशन्न चाडपर्वमा घटना घटन सक्ने भएकाले त्यसलाई निराकरण गर्ने गरी कार्य गर्न निर्देशन दिदैलोभ, लाभमा टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले भ्हअगकभ गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताउनु भयो ।

prabhu mahalaxmi
kumari