citizens life insurance long ad
stcnepal long ad

राजस्व छल्ने तीन उद्योग विरुद्ध मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । झूटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा तीन वटा उद्योग विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

नक्कली भ्याट बिल मार्फत राजस्व छलेको आरोपमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ को प्लान सप्लायर्स र बिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेडर्स सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्सर्नका सञ्चालक विरुद्ध राजस्व अनुसन्धान विभागले २५ करोड ५७ लाख ९७ हजार रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायर गरेको हो ।

बिग प्लान सप्लायर्सले दुई करोड ६ लाख भ्याट र आयकर तर्फ चार करोड ९० लाख रुपैयाँ कर छलेको आरोप लागेको छ । यस्तै एपी ट्रेडर्सले भ्याट तर्फ तीन करोड ७१ लाख, आयकर तर्फ आठ करोड ९८ लाख रुपैयाँ र सम्मानित ट्रेड कन्सर्नले भ्याट तर्फ एक करोड ७७ लाख र आयकर तर्फ चार करोड १२ लाख राजस्व छलेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

IME Life
kumari