stcnepal long ad
nabil bank
macchha(MBL)

नेकपा सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टीको अर्को कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । गत शुक्रबारै बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

पूर्व–माओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेको सचिवालय बैठकमा यसअघि भदौ २६ गतेको नेकपा स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्षबारे छलफलका हुने जनाइएको छ ।

सोही स्थायी कमिटी बैठकले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ ‘कार्यकारी अध्यक्ष’को अधिकार दिएको थियो । त्यसैको कार्यान्वनस्वरूप उहाँले पहिलोपटक आफ्नै पूर्वपार्टी कार्यालय पेरिसडाँडामा नेकपा सचिवालय बैठक बोलाउनुभएको स्रोतको दाबी छ ।

यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो भने बैठकको अध्यक्षता प्रायः नेकपा अध्यक्ष समेत रहनुभएएका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले गर्नुहुन्थ्यो ।

पहिलो पटक दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन र कार्याधिकार तय भएपछिको यो पहिलो सचिवालय बैठकलाइ चासोका साथ हेरिएको छ ।

स्रोतका अनुसार आज बस्ने बैठकले पार्टीभित्र स्थायी कमिटीका निर्णय कार्यान्वयन गराउन उपयुक्त मापदण्ड बनाउने, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्को पुनर्गठनका लागि सूची तयार पार्नेलगायत विषयमा छलफल हुनेछ ।

prabhu mahalaxmi
kumari