stcnepal long ad
global ime bank long

शान्ति समाजद्वारा थप पाँच पुरस्कार स्थापना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्व.राधादेवी दाहाल स्रष्टा सौगात, स्व. श्रीप्रसाद दाहाल स्रष्टा सौगात, स्व. श्रीनारायण दाहाल स्रष्टा सौगात, स्व. जोगमाया बराल स्रष्टा सौगात र स्व. भूमिप्रसाद बराल स्रष्टा सौगात गरी थप ५ वटा पुरस्कार स्थापना गरेको छ । यो सँगै शान्ति समाजले स्थापना गरेको पुरस्कार संख्या ८ पुगेको छ । स्रष्टा सौगात पुरस्कार अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका ५ जना स्रष्टालाई जनही रु. १५ हजार नगद र सम्मानपत्र सहित पुरस्कृत गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ नारायण दाहालका पनाती, श्रीप्रसाद दाहालका नाती र राधादेवी दाहालका पति विराटनगर निवासी प्रसिद्ध समाजसेवा बद्रीप्रसाद पहाडीले अक्षयकोष खडा गर्न रु. ४ लाख र भूमिप्रसाद बराल र जोगमाया बरालका छोराहरु मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बराल र अच्युत बरालले रु. ३ लाख प्रदान गर्नुभएको छ । पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे र कोषाध्यक्ष रामकृष्ण बराल सम्मिलित छनौट समिति गठन गरिएको छ ।

IME Lifesidebar
kumari