stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अवैध लागूऔषध सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १ फागुन कास्की, पोखरा महानगरपालिका ७ सुन्दरमार्गका हरिकृष्ण कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका आईतबारेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ ट्याब्लेट, एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुप्रिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र सिरिन्ज ३ थान सहित सुनसरी ईटहरी उपमहानगरपालिकाका ज्ञानेन्द्र चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari