stcnepal long ad
global ime bank long

बल्खु र कालीमाटी तरकारी बजारमा अनुगमन, ७ वटा पसल सिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बल्खु र कालीमाटी तरकारी बजारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अनुगमन गर्नुभएको छ । उपभोक्ताहरुले प्याजमा कालोबजारी भइरहेको गुनासो गरेपछि आज बुधबार मन्त्री भट्टले छड्के अनुगमन गर्नुभएको हो ।

बल्खु र कालीमाटी तरकारी बजार पुग्नुभएका मन्त्री भट्टले सात वटा तरकारी पसलमा प्याजको मूल्यको अनुगमन गर्नुभएको हो । उक्त पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँमा बेचिएको प्याज १ सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको बताइएको छ ।

साथै, प्याज लुकाएको र बढी मूल्यमा बिक्री गरेको पाइए पछि सात वटा पसललाई सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको जनाइएको छ । प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।

IME Lifesidebar
kumari