stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१० करोडको भेन्टिलेटर खरिदमा चलखेल भएको आशंका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि भेन्टिलेटर खरिद गर्न बोलपत्र प्रकाशित गरेको सरकारले फिलिप्स कम्पनीको उत्पादनसँग मिल्नेगरी स्पेसिफिकेसन बनाएको फेला परेको छ।

कोरोना फैलिँदै गएपछि बिरामीलाई थप भेन्टिलेटर आवश्यक परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले एक साताअघि १० दिने सूचना निकालेको थियो।

विभागले १० करोड मूल्य बराबरका २२ वटा भेन्टिलेटरलगायत उपकरण खरिद गर्न खोजेको छ। महाशाखाले भेन्टिलेटर खरिदका लागि प्रकाशित गरेको बोलपत्रमा फिलिप्स कम्पनीको भेन्टिलेटर छानिनेगरी स्पेसिफिकेसन राखिएको हो। महाशाखा स्रोतका अनुसार यसका लागि फिलिप्स कम्पनीको क्याटलगबाट स्पेसिफिकेसन हुबहु सारिएको छ।

सार्वजनिक खरिद ऐनले कुनै वस्तु, सेवा तथा निर्माण कार्य खरिद गर्दा एक कम्पनीलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन तयार गर्न बन्देज लगाएको छ। बजारमा अर्को विकल्प नभएको अवस्थामा बाहेक खरिदका लागि एउटै कम्पनीलाई मिल्नेगरी स्पेसिफिकेसन बनाउँदा भ्रष्टाचार हुन सक्छ। विभागले भेन्टिलेटर खरिदमा निकालेको बोलपत्र हेर्दा भ्रष्टाचार आशंका गर्ने आधार देखिन्छ।

महाशाखा स्रोतका अनुसार बोलपत्रको प्राविधिक स्पेसिफिकेसनमा भेन्टिलेटरको प्रकार (मोड), डिस्प्लेड प्यासेन्ट पारामिटर्स र अलार्मको प्राविधिक स्पेसिफिकेसन फिलिप्स कम्पनीको भेन्टिलेटरको क्याटलकबाट हुबहु सारिएको (कपी–पेस्ट गरिएको) हो। विभागको बोलपत्रमा राखिएको स्पेसिफिकेसन हेर्दा पनि फिलिप्सको क्याटलगबाट सारेको प्रस्ट देखिन्छ।, यो खबर नागरिक दैनिकमा छ।

prabhu mahalaxmi
kumari