stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन संस्था गाभिएर बनेको राष्ट्रियस्तरको लघुवित्तको कारोबार सुरु हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गते सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्। ।

लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ।

भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेशन प्रयोजनको लागि भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुनेछ।

हालसम्म यी तीन लघुवित्तमध्ये कुनैले पनि आइपीओ जारी गरेका छैनन्। जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरीमा छ भने सल्भ लघुवित्तको धनकुटा र गरिबी न्यूनीकरण लघुवित्तको राजविराजमा छ।

जीवन विकास लघुवित्तको चुक्ता पुँजी १४ करोड छ । त्यस्तै सल्भ लघुवित्तको ४ करोड २० लाख तथा गरिबी न्यूनीकरण लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख छ। तीन लघुवित्त गाभिएपछि चुक्ता पूँजी १९ करोड ६० लाख पुग्ने भएको छ।

prabhu mahalaxmi
kumari