stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रदेश ५ का १९ विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा सफ्टवेयर सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त द्यचष्नजत क्अजयय िक्थकतझ नामक सफ्टवेयर सहयोग गरेको छ ।

सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो प्रयासबाट उक्त सफ्टवेयर प्रदान गरेको हो ।

विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनाहरू लगायतका सुविधाहरू रहेको सफ्टवेयरबाट उक्त स्थानीय निकायहरूका प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुनेछन् ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको उक्त बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari