stcnepal long ad
nabil bank
macchha(MBL)

मौसम नखुलेपछि गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्कियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बाग्लुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर काठमाडौं नै फर्किएको छ । दिउँसोसम्म पनि बागलुङको मौसम नखुलेपछि सेनाको उक्त हेलिकप्टर काठमाडौं फर्किएको हो।

खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बाग्लुङ जान नसकेपछि एक घन्टाअगाडि पोखरामा अवतरण गराइएको थियो। थापाका प्रेस संयोजक किरण भट्टराईले मौसम सामान्य नभएका कारण हेलिकप्टर काठमाडौं उडेको जानकारी दिए।

स्याङ्जासम्म पुगेको हेलिक्टर मौसम खराबीका कारण पोखरामा अवतरण गराइएको थियो। बाग्लुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागेको छ।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। त्यहाँको वस्तुस्थिति र राहत सामग्री लिएर गृहमन्त्री विपत व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल र सांसद देवेन्द्र पौडेलसहित काठमाडौंबाट सेनाको हेलिकप्टरमा उडेका थिए।

prabhu mahalaxmi
kumari