stcnepal long ad
ime life insurance
national life
global ime bank long

४ अर्ब ४५ करोड मुद्दती निक्षेपमा नागरिक लगानी कोषले लगानी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एकदेखि दुई वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

कोषले एक सुचना जारी गर्दै निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

ईच्छुक बैंकहरुले साउन २१ गते दिउँसो २ बजेभित्र सिलबन्दी आवेदन दिन सक्ने कोषले जनाएको छ । कोषले २०७७ असोज १० गतेसम्म भुक्तानी म्याद सकिने मुद्दती निक्षेप समावेश गरिएको सुचना मार्फत जनाएको छ ।

IME Lifesidebar
kumari