stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपत्यकामा १९ हजारको स्वाब संकलन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय अनुसार बुधबारसम्म उपत्यकास्थित १८ वटै नगरपालिकाका करिब १९ हजार सात सयको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट भने आउने क्रम जारी छ ।

स्वास्थ्य मन्त्रालयका ‘फोकल पर्सन’ को समन्वयमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य शाखाका प्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर स्वाब सङ्कलन गर्ने कार्य धमाधम भइरहेको फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

एक जना सङ्क्रमितले करिब १३ जनालाई कोरोना सङ्क्रमण सार्न सक्ने स्वास्थ्य विज्ञको सुझाव अनुसार सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरी पीसीआर गर्ने काम भइरहेको उनले बताए ।आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari