काेराेनाले सेन्टर जेलमा ३ जनाकाे मृत्यु
काठमाडौ । काठमाडौ जगन्नाथ देवलकाे केन्द्रीय कारागार (सेन्टर जेल) मा काेराेना संक्रमणका कारण तीन जनाकाे मृत्युु भएकाे छ।
एक जनाकाे आज विहानै मृत्यु भएकाे छ भने दुई जना कैदीलाई विहान वीर अस्पतालमा उपचार गर्न लग्दालग्दै एक जनाकाे बाटैमा मृत्युु भएकाे र अर्काे एक जनाकाे उपचारकाे क्रममा अपरान्ह वीर अस्पतालमा मृत्यु भएकाे प्रहरी स्राेतले जनाएकाे छ। दुई जनाकाे निधन काेराेना संक्रमणकाे कारण भएकाे पुष्टि भैसकेको र एक जनाकाे रिपोर्ट आउन बाँकी रहेकाे छ। निजकाे शव त्रिवि शिक्षण अस्पतालमा राखिएकाे छ।























