stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवजात शिशुलाई अब ‘भिटामिन के’ खुवाईने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिए ।

दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउनदेखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उनले बताए ।

उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताए । जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ ।

नवजात शिशुमा ‘भिटामिन के’ को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भई मृत्युसमेत हुने गर्छ ।

‘भिटामिन के वान’ मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ । “नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राप रोक्न प्रयाप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय रुपमा नहुने हुँदा शिशुमा ‘भिटामिन के’ को कमी हुन्छ”, उनले भने, “सो अवस्थामा ‘भिटामिन के’ मा निर्भर भई रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भई शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुन सक्छ । रक्तस्राव रोक्न ‘भिटामिन के’ दिन थालिएको हो ।”

उनका अनुसार यसै आवदेखि ६ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ । अन्तरराष्ट्रिय तथ्याङ्कमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशुमध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ ।

रक्तस्राबबाट शिशुहरुको मृत्युसमेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरि शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्क रुपमा ‘भिटामिन के’ दिन थालिएको हो । उनका अनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत रहेर ‘भिटामिन के’ कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

शिशुको जन्म तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०.५ मिलिग्राम दिइनेछ । ‘भिटामिन के’ दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिए ।

प्रदेश नं. १ ले रु ३८ लाख ५४ हजार, प्रदेश नंं २ ले रु ४२ लाख ६६ हजार, वाग्मतीले रु ५४ लाख ८३ हजार, गण्डकीले रु ३१ लाख ६४ हजार, कर्णालीले रु २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले रु ३८ लाख ३० हजार बजेट ‘भिटामिन के’ का लागि विनियोजन गरेका छन् ।

विनियोजन बजेटबाट ‘भिटामिन के’ र एक एमएल बरावरको सुई खरिद गर्ने छन् । रासस

prabhu mahalaxmi
kumari