citizens life insurance long ad
stcnepal long ad

विकल्प खोज्दै यातायात क्षेत्रका मजदूर

Nimb long ad
Prabhu Insurance Long Ad

बागलुङ । बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ । बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदूर बेरोजगार भएका छन् ।

लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुबाट आश्रित १९ हजारभन्दा बढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् ।

तत्कालीन धौलागिरि अञ्चलभित्रका बस र जीप व्यवसायी कम्पनीमा आबद्ध भएका मजदूर अहिले वैकल्पिक पेशाको खोजीमा छन् । तत्काल सार्वजनिक यातायात नचलेमा उनीहरुको परिवारमा भोकमरी लाग्नेसमेत व्यवसायीले बताए ।

धौलागिरि गण्डकी यातायात कम्पनीमा सूचीकृत भएका बस र माइक्रोबसमा काम गर्ने सबैभन्दा बढी मजदूर बेरोजगार भएका हुन् । उनीहरुको सवारी काठमाडौँ, पोखरा, नारायणगढ, सुनौली र काँकडभिट्टासम्म सञ्चालन थिए । सो कम्पनीमा मात्रै ३०० बस दर्ता छन् ।

हरेक बसमा दुई जनासम्म चालक र एक÷एकजना सहचालकसमेत गर्दा ९०० जना बेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।

लामो दूरीको यात्रा गराउने भएकाले धेरै बसमा दुई जनासम्म चालकले काम पाएका थिए । अहिले सबैजना बेरोजगार भएको उनले बताए । बेरोजगार भएकाहरु कतिपयले गाउँमा गएर तरकारी खेती गरेर पनि बसेका छन् । अधिकांशको खेतीपाती गर्ने जमीनसमेत नभएको, बजारमा डेरा लिएर बसेकाले भाडा तिर्न पनि नसक्ने अवस्था आइसकेको उहाँले गुनासो गरे । लामो समयदेखि थन्केका सवारी साधन मर्मत गरेर चलाउन सकेमा बैंकको ऋण तिर्न सकिने, मजदूरले रोजगारी पनि पाउने उनले बताए ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा लगाए पनि सङ्क्रमण निजी सवारीमा कोचाकोच यात्रा गर्नेबाट सरेको व्यवसायीले टिप्पणी गरे ।

“सार्वजनिक यातायात खुलाएर दूरी कायम गरेको भए राजधानीमा पनि यतिको समस्या पर्ने थिएन”, उनले बताए, “अझै पनि सार्वजनिक यातायातबारे चासो नराखे धेरै मजदूर भोकभोकै पर्नेछन् ।” बागलुङका बुर्तिवाङ यातायात सेवा कम्पनी, बागलुङ भगवती कम्पनी र धौलागिरि जीप कम्पनी समेतमा गरी झण्डै ६०० भन्दा बढी सवारी साधन सार्वजनिक यातायातका रुपमा चल्दै आएका छन् । रासस

IME Life
kumari