citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

चिनीको मुल्य बढ्न सक्ने संकेत !

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चिनी हरेक घरपरिवामा प्रयोग हुने नुनपछिकाे अनिवार्य खाद्य वस्तु हो। विवाह र चाडपर्वमा चिनीको माग अझै बढने गर्छ।

जसले चिनीको उत्पादन अधिकतम बनाउन आवश्यक देखिन्छ। तर सरकार र चिनी मिलहरूकाे कारण किसानहरूले उखु खेती कम गर्न थालेकाले स्वदेशमा चिनी उत्पादन घटन थालेकाे छ।

नेपालमा उत्पादित चिनीले घरेलु बजारकाे मागलाई ८/९ महिनालाई मात्र धान्न छ। चाडपर्व सहित तीन/चार महिनाकाे चिनीको माग पूरा गर्न भारतमा भर पर्नुपर्ने अवस्था छ। त्यसैले भारतमा चिनीको मूल्य बढदा त्यसको असर नेपालमा तत्कालै पर्छ।

यसैबीच भारतमा चिनीको मूल्य अकस्मात बढेको छ। विश्वको दोस्रो ठूलो उखु उत्पादक मुलुक भारतले चिनीको मूल्य फेरि बढ्ने अनुमान गरेको छ।

यस वर्ष चिनीको मूल्य अझ बढ्न सक्छ। भारतमा बढ्दो चिनीको मूल्यको बीचमा उत्पादन गत वर्षको तुलनामा १५ प्रतिशत कम हुने प्रक्षेपण गरिएको छ।

मंसिर ९ गते भारतीय चिनी तथा जैविक ऊर्जा उत्पादक संघले आर्थिक वर्ष सन २०२६।२७ को चिनी सिजनका लागि चिनी उत्पादन २६.६ मिलियन टन हुने अनुमान गरेको छ। भारतमा गत वर्ष सन २०२५ मा चिनी उत्पादन ३१.२५ मिलियन टन थियो।

यसैबीच उपभोक्ता मामिला मन्त्रालयका अनुसार चिनीको राष्ट्रिय औसत मूल्य एक महिनाभित्र प्रतिकिलोग्राम भारु ५५.४६ बाट बढेर भारु ६०.५६ पुगेको छ।

एक वर्षअघि भारतमा चिनीे प्रतिकिलोग्राम भारु ४६.५४ थियो। गत सिजनमा खुद चिनी उत्पादन २ करोड ५० लाख टन थियो। जसमा इथेनोल उत्पादनका लागि प्रयोग गरिएको ३.२५ लाख टन चिनीबाहेक अन्य चिनी उत्पादन भएको देखिन्छ।

उत्पादनहरु इथेनोल उत्पादनका लागि प्रयोग नगरिएको हुनाले अनुमानित खुद उत्पादन आँकडा २ करोड ४५ लाख टन छ।

संघका अनुसार गत वर्ष सन २०२५ मा ५.७३५ मिलियन हेक्टरको तुलनामा यस वर्ष सन २०२६ मा उखु रोप्ने क्षेत्र लगभग ३.२ प्रतिशतले घटेर ५.५५३ मिलियन हेक्टर हुने पक्षेषण गरिएको छ।

सरकारी तथ्यांकअनुसार, भारतको उखु क्षेत्रले लगभग ५ करोड किसान र चिनी मिल र सम्बन्धित उद्योगमा काम गर्ने लगभग ५ लाख मानिसलाई जीविकोपार्जन प्रदान गर्छन।

नेपाली बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको छ। थोक मूल्य भने प्रतिकिलो १२० रुपैयाँको हाराहारीमा पाइने गरेकाे छ।

सन २०२६ मा उखु कम उत्पादन भएर चिनी कम उत्पादन हुँदा मूल्य अझ बढन सक्ने प्रक्षेपण गरिएकाे छ। उत्पादक मुलुक भारतमै चिनीकाे मूल्य बढन थालेकाले त्यसकाे असर नेपालमा पनि पर्ने देखिन्छ।

त्यसैले सरकारले बेलैमा भारतबाट सस्तो मुल्यमा चिनी खरिद गरेर राख्नु पर्ने देखिन्छ। नत्र आगामी बैशाख / जेठ महिनामा चिनीकाे भारी मूल्य बृद्विका साथै चिनीकाे ठुलाे अभाव हुन सक्छ।

IME Life
ofukuro
kumari