citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो ।

प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ ।

कात्तिक मसान्तसम्म आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख र वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। विनिमय दरमा भएको लाभका कारण सार्वजनिक ऋण दायित्वमा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो । आन्तरिक ऋण उठाउने लक्ष्यको ३०.४९ प्रतिशत र वैदेशिक ऋणको ११.६२ प्रतिशत मात्र प्राप्त भएको छ ।

यसैगरी, सरकारले कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ३३.७३ प्रतिशत हो।

यसमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सार्वजनिक ऋणको बढ्दो दायित्वसँगै ऋणको साँवा र ब्याज भुक्तानीमा ठूलो रकम खर्चिनुपर्ने अवस्था देखिएको छ ।

IME Life
ofukuro
kumari