नेपोभिटले ल्यायो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन
काठमाडौं। नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी बजारमा ल्याइएको यस कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन्।
हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्यबाट प्रेरित भई ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार पारिएका यी टायल्स ६०० × १२०० मिलिमिटर आकार र ग्लसी फिनिसमा उपलब्ध छन्।
मार्बलबाट प्रेरित डिजाइन, गोल्डेन तथा एम्बर भेइनिङ, ग्रे प्याटर्न र सेतो टेक्स्चरसहितका टायल्स घर, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको इन्टेरियरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड र अरबेस्काटो गोल्डजस्ता आकर्षक डिजाइनका साथै ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरलजस्ता क्लासिक डिजाइन रहेका छन्।
ठूलो आकारका टायल्स प्रयोग गर्दा सतहमा जोडाइका रेखा कम देखिने भएकाले इन्टेरियरलाई एकरूप र खुला देखाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ।
नेपाली प्राकृतिक पहिचानलाई आधुनिक डिजाइनसँग जोड्दै वास्तुविद्, इन्टेरियर डिजाइनर र उपभोक्तालाई थप विकल्प दिन तथा बजारमा प्रतिस्पर्धी बन्न नयाँ कलेक्सन ल्याइएको नेपोभिटले उल्लेख गरेको छ।




























