प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटका क्रममा विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताइएको छ। दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। भ्रमणका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय छलफल तथा भेटवार्ताको कार्यक्रम रहेका छन् ।


























