citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

वीरगन्ज भन्सार कार्यालयले राजस्व लक्ष्य पूरा गर्दै 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पछिल्लो चार महिनामा प्राप्त राजस्व सङ्कलनको लक्ष्य पूरा गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार भन्सार विभागले दिएको मासिक लक्ष्य पछिल्लो चार महिनादेखि लगातार पूरा हुँदै आएको छ । सो कार्यालयले २०७९ को जेठयता वीरगन्ज भन्सार कार्यालयले कुनै पनि महिनामा भन्सार विभागले दिएको मासिक लक्ष्य पूरा गर्न सकेको थिएन ।

कोभिड महामारी, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायतका विभिन्न कारण विगत ५० महिनादेखि वीरगन्ज भन्सारले भन्सार विभागमार्फत प्राप्त राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन तर गत साउनमा लक्ष्यको ९१.२४ प्रतिशत, भदौमा १००.४२ प्रतिशत र असोजमा १००.२१ प्रतिशत राजस्व असुली गरेको लम्सालले बताउनुभयो ।

कात्तिकका लागि १७ अर्ब ६४ करोड रुपियाँको लक्ष्य दिइएकोमा १५ करोड रुपियाँ बढी अर्थात् १७ अर्ब ७९ करोड ६१ लाख रुपियाँ असुली गरेको छ । जुन लक्ष्यको १००.८९ प्रतिशत हो ।

कार्यालयले गत साउनमा, १८ अर्ब ७७ करोड ७७ लाख, भदौमा २३ अर्ब ६१ करोड ९७, असोजमा २६ अर्ब ५१ करोड ५९ लाख रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका लागि चालु आवमा दुई खर्ब ९४ करोड रुपियाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिइएको छ । यसमध्ये ८६ अर्ब ७२ रुपियाँ (करिब ३० प्रतिशत) राजस्व सङ्कलन भइसकेको छ ।

कार्यालयका सूचना अधिकृत लम्सालका अनुसार सो कार्यालयमार्फत आयात बढेकाले राजस्व असुली बढेको हो ।

IME Life
kumari