प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ जना व्यवसायी निजी खर्चमा सहभागी हुँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् । परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य छन् ।
त्यस्तै ५२ सदस्यीय व्यवसायीको टोली पनि सँगै जाँदैछ । उनीहरू निजी खर्चमा जाने सहभागी हुने परराष्ट्रले जनाएको छ ।
व्यवसायीको टोलीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसहित पूर्व तथा वर्तमान पदाधिकारी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका पदाधिकारी, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग व्यापार महासंघ, नेपाल-भारत चेम्बर अफ कमर्श, ऊर्जा उद्यमी, पर्यटन उद्यमीलगायत छन् ।

























