सम्पदा लघुवित्त वित्तीय संस्थाले ४.२१ प्रतिशत लाभांश दिने
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको मंसिर २ गते बुधबार बसेको सञ्चालक समितिको ५२औँ बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँ छ । प्रस्तावित ४ प्रतिशत बोनस सेयरको कुल मूल्य २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, कर प्रयोजनका लागि १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गरिनेछ । यसअनुसार संस्थाले कुल २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।























