citizens life insurance long ad
stcnepal long ad

रुप्से होलिडेजले डिसेम्बरमा काठमाडौं–भियतनामका लागि चार्टर उडान गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल र भियतनामबीच दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुप्से होलिडेजले आगामी डिसेम्बर ९ र १३ तारिखमा काठमाडौँ–दानाङ सिधा चार्टर उडान सञ्चालन गर्ने भएको छ।

यस उडानमार्फत नेपाली पर्यटकलाई भियतनाम घुम्न लैजाने र भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

ट्रान्जिटको झन्झटबिना हुने यस सिधा यात्राले नेपाली पर्यटकलाई दानाङको समुद्री तट, बाना हिल्सको गोल्डेन ब्रिज तथा ऐतिहासिक होई आन लगायतका गन्तव्य घुम्न सहज बनाउनेछ। त्यस्तै, भियतनामी पर्यटकलाई नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदासँग परिचित गराउने लक्ष्य राखिएको छ।

रुप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक रमेश पराजुलीले दुई देशबीच पर्यटक आदानप्रदान बढाउँदै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन यो पहल गरिएको बताए।

उडान तथा भ्रमण प्याकेजको विस्तृत जानकारी र बुकिङका लागि रुप्से होलिडेजमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

IME Life
kumari