citizens life insurance long ad
stcnepal long ad

सर्वोत्तम सिमेन्टको २१५ लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको कुल २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशतले हुन आउने ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन्।

लाभांश पारित गर्न कम्पनीले आउँदो पुस २ गते आठौँ वार्षिक साधारण सभा डाकेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्यारिङमा बिहान १० बजेबाट सुरु हुनेछ।

IME Life
kumari