citizens life insurance long ad
stcnepal long ad

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते ४० औँ वार्षिक साधारण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लाभांश पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो ४० औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले मंसिर २३ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही साधारण सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

IME Life
kumari