citizens life insurance long ad
stcnepal long ad

सञ्चय कोषले नियमित सवारीसाधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ ।

कोषमा कम्तीमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाङ्ग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ ।

कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार सुविधा दिने र सञ्चयकोषको लगानीलाई विस्तारित गर्ने योजना अनुसार यस्तो सापटी योजना ल्याइएको कोषका प्रशासक विजयराज श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तो सापटी प्रदान गर्न सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली,२०८२ स्वीकृत भइसकेको छ । सेही विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले अब स्कुटर, मोटरसाइकल तथा कार खरिद गर्न ऋण सुविधा पाउने छन् ।

विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले नयाँ मात्र नभई प्रयोगमा रहिरहेका (सेकेन्ड ह्यान्ड) गाडी पनि खरिद गर्न पाउने छन् ।

IME Life
kumari