citizens life insurance long ad
stcnepal long ad

शाओलिनका दुई मोडलका इलेक्ट्रिक बस नेपाली बजारमा आउँदै

 मूल्य १ करोड २९ लाख ९९ हजार

Nimb long ad
Prabhu Insurance Long Ad

चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिन बस कम्पनीका दुई मोडलका इलेक्ट्रिक बस नेपाली बजारमा आउने भएका छन्। सिनर्जी मोटर्स प्रालिले शाओलिन ब्रान्डका ७.२ मिटर लामो इलेक्ट्रिक बस र ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सार्वजनिक गरेको छ।

सार्वजनिक मूल्य सूचीअनुसार ७.२ मिटर लामो शाओलिन इलेक्ट्रिक बसको मूल्य १ करोड २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसको मूल्य ५९ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ।

७.२ मिटर लामो बसमा १२५.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसमा १०० किलोवाट रेटेड तथा २०० किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसको मोडल नम्बर एसएलजी६७२०ईभीजी१आर रहेको छ।

त्यस्तै, ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसमा ५१.४५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। यसमा ४० किलोवाट रेटेड र ८० किलोवाट पिक पावर क्षमताको मोटर रहेको छ। यसको मोडल नम्बर एसएलजी६५४०ईभी१आर हो।

दुवै बस चीनमा उत्पादन भएका हुन्। सिनर्जी मोटर्सले नेपालमा यी सवारीसाधनको बिक्री तथा वितरण गर्ने जनाएको छ। सार्वजनिक मूल्यसूचीमा दुवै मोडलको मूल्य प्रतिइकाइ उल्लेख गरिएको छ।

नेपालमा सार्वजनिक यातायातका लागि इलेक्ट्रिक बसको प्रयोग विस्तार हुँदै गएको अवस्थामा फरक आकार र ब्याट्री क्षमताका यी दुई मोडलले बजारमा नयाँ विकल्प थप्ने देखिन्छ।

यद्यपि, कम्पनीले यी बसको बिक्री सुरु हुने मिति, चार्जिङ समय, एकपटकको चार्जमा प्राप्त हुने रेन्ज तथा अन्य सुविधाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

हाल भन्सार प्रयोजनका लागि मूल्य मात्र सार्वजनिक गरिएका कारण यसको मूल्य र अन्य फिचर वारेमा पछि सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

IME Life
kumari