citizens life insurance long ad
stcnepal long ad

सुपरमाई हाइड्रोपावरको नाफासँगै आम्दानी बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३.७६ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको नाफा बढ्नुमा विद्युत बिक्री आम्दानीमा भएको वृद्धि र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज खर्च घट्नु मुख्य कारण देखिएका छन्।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड १८ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ८५ लाख ९४ हजार रुपैयाँ थियो।

यसअनुसार विद्युत बिक्री आम्दानी ४.७८ प्रतिशतले बढेको छ। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको कुल नाफा पनि बढेर ६ करोड ४१ लाख ६७ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको वित्तीय खर्च भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा १ करोड ३७ लाख ६१ हजार रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष घटेर १ करोड ४ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ। यसले कम्पनीको नाफा बढाउन सहयोग गरेको देखिन्छ।

कम्पनीले आफ्नो दीर्घकालीन ऋणसमेत घटाएको छ। गत वर्षको सोही अवधिमा ६६ करोड ७७ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण समीक्षा अवधिमा घटेर ५५ करोड ७७ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ रहेको छ। त्यस्तै जगेडा कोषमा १६ करोड ५४ लाख २९ हजार रुपैयाँ सञ्चित रहेको छ।

यसअनुसार कम्पनीको कुल नेटवर्थ ८० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ७७ पैसा रहेको छ।

IME Life
kumari