एनपीएलमा आज दुई खेल हुँदै
एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान
काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदैछन् । आज साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।
जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।
त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमने सामने हुदैछन् ।
चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौंले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।























