जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड
कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको हो ।
गाउँपालिकाले नेपाल सरकारको कम्पनी कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका तर गाउँपालिकाको कार्यालयमा सूचीकृत नभएका जलविद्युत् कम्पनीलाई आवश्यक कागजातसहित पालिकामा सूचीकृत हुनका लागि आह्वान गरेको छ ।
गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले गाउँ कार्यपालिकाको यही कात्तिक १८ गतेकोे निर्णयअनुसार सबै जलविद्युत् कम्पनीलाई नियमानुसार सूचीकृत हुन सूचना जारी गरिएको बताउनुभयो । “मादी गाउँपालिका जलविद्युत् उत्पादनको महत्त्वपूर्ण क्षेत्र हो । गाउँपालिकाभित्र करिब १० वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । थप आयोजनाले उत्पादन अनुमति लिएका तथा केही प्रस्तावित अवस्थामा छन् । तर प्रवर्द्धक कम्पनी पालिकामा सूचीकृत नभएकाले यो पहल सुरु गरेका हौैँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।
मादीको प्राकृतिक जलस्रोत उपयोग गरेर विद्युत् उत्पादन भइरहे पनि त्यसबाट स्थानीय बासिन्दाले पाउनुपर्ने लाभ, आयोजनाको सामाजिक उत्तरदायित्व र स्थानीय पूर्वाधार विकासमा कम्पनीले गर्नुपर्ने योगदानबारे पटकपटक प्रश्न उठ्दै आएपछि पालिकाले सूचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका क्रममा स्थानीय सडक, खानेपानी, खेतीयोग्य जमिन, वनजङ्गल, वातावरण र जनजीवनमा परेको प्रभावको उचित सम्बोधन हुनुपर्ने विषय स्थानीय र जनप्रतिनिधिले उठाउँदै आएका छन् ।
जलविद्युत् आयोजनाले स्थानीय क्षेत्रमा पारेको प्रभावसहित स्थानीय युवालाई रोजगारी तथा अवसर उपलब्ध गराउनुपर्ने र स्थानीय पूर्वाधारको संरक्षण तथा विकासमा कम्पनीको जिम्मेवारी स्पष्ट हुनुपर्ने मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा बताउनुहुन्छ ।
उहाँले जलविद्युत कम्पनीको सामाजिक उत्तरदायित्व, स्थानीयसँग भएका सम्झौता, वातावरणीय प्रभाव, रोजगारी र पूर्वाधार विकासमा पुर्याएको योगदानको पारदर्शी समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । “जलविद्युत कम्पनीलाई सूचीकृत गर्ने कार्य लगानीको वातावरण बिगार्न नभई लगानी र स्थानीय जनताको कानुनी अधिकारबीच न्यायोचित सन्तुलन कायम गर्नका लागि हो । मादीको प्राकृतिक स्रोतबाट हुने आम्दानी र त्यसको उपयोगबाट स्थानीय समुदायले न्यायोचित लाभ पाउनुपर्नेमा हाम्रो मुख्य जोड छ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो ।
गाउँपालिका जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले व्यवस्थित ऊर्जा विकासका लागि गाउँपालिका, जलविद्युत् कम्पनी र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा र बिक्रीदर १५ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।























