citizens life insurance long ad
stcnepal long ad

हिमालयन क्यापिटलको नवौैं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडकोे आफ्नो नवौैं वार्षिक साधारण सभा हिमालयन क्यापिटलको रजिस्टर्ड कार्यालय काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम (कर सहित) १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि साधारण सभा मार्फत पारित गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ का उपलब्धिहरूको समीक्षा गर्दै सभाका अध्यक्षुले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहक महानुभावहरु र सरोकारवालाहरुलाई वहाँहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गरे ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

IME Life
kumari