citizens life insurance long ad
stcnepal long ad

 रेन्ज रोभरको झल्को दिने चिनियाँ एसयूभी आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड लिंक्स एन्ड कम्पनीले आफ्नो नयाँ फ्ल्यागसिप एसयूभी ‘९००एल’ नोभेम्बर १० मा विश्व बजारमा सार्वजनिक गर्ने भएको छ ।

सात सिट क्षमतासहितको यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, ठूलो आकार र आधुनिक प्रविधिका कारण चर्चामा आएको छ ।

नयाँ ९०० एलको बाहिरी डिजाइनमा बेलायती ब्रान्ड ल्याण्ड रोभरको रेन्ज रोभरको झल्को देखिन्छ । यसमा नयाँ डिजाइनको अगाडिको लाइटिङ सेटअप, ठूलो एयर इन्टेक र परिमार्जित फ्रन्ट बम्पर दिइएको छ ।

त्यस्तै, कालो रंगका पिलर प्रयोग गरी फ्लोटिङ रूफ डिजाइन तयार गरिएको छ । गाडीको छतको अगाडिको भागमा लिडार सेन्सर राखिएको छ, जसले आधुनिक ड्राइभिङ असिस्ट प्रविधिको सम्भावना देखाउँछ ।

यसमा २१ इन्चको मल्टी–स्पोक अलोय ह्विल र सेमी–हिडन डोर ह्यान्डल उपलब्ध हुनेछ । कम्पनीले यस एसयूभीमा विशेष वाइन रेड कलरसमेत उपलब्ध गराउने जनाएको छ ।

आकारका हिसाबले ९००एल निकै ठूलो एसयूभी हो । यसको लम्बाइ ५ हजार २८० एमएम, चौडाइ १ हजार ९९९ एमएम र उचाइ १ हजार ८१० एमएम छ । यसमा ३ हजार १७० एमएमको ह्विलबेस दिइएको छ । यसमा आवश्यकताअनुसार २ हजार केजीसम्मको ट्रेलर तान्न सक्ने टोइङ सुविधा पनि उपलब्ध हुनेछ ।

यस एसयूभीमा कम्पनीले २.० लिटर टर्बो पेट्रोल इन्जिनसहितको प्लग–इन हाइब्रिड सिस्टम दिएको छ । यसको पेट्रोल इन्जिनले १६० किलोवाट अर्थात् २१५ हर्सपावरसम्मको अधिकतम पावर दिन्छ । कारको अधिकतम गति २२५ किलोमिटर प्रतिघण्टा छ ।

यसमा ५५.१ र ७० किलोवाट आवर क्षमताका दुईवटा टर्नरी लिथियम ब्याट्री विकल्प उपलब्ध हुने रिपोर्टहरूमा उल्लेख छ । यी ब्याट्रीबाट क्रमशः ३२० र ४३० किलोमिटरसम्मको सीएलटीसी रेन्ज प्राप्त हुने बताइएको छ । यद्यपि, कम्पनीले यी ब्याट्री क्षमता र रेन्जसम्बन्धी विवरण आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।

IME Life
kumari