करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ ।
विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार बम्पर उपहारअन्तर्गत १० लाख रुपियाँ प्राप्त गर्ने विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ ।
त्यसैगरी, अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपियाँ प्राप्त गर्ने विभागले जनाएको छ ।
कार्यक्रममा क्रिकेटर दिलीप नाथ, लोकेश बम र ललित राजवंशीले संयुक्त रूपमा पुरस्कार विजेताको नाम घोषणा गर्नुभएको थियो ।


























