बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ।
यससँगै आज प्रतितोला सुन २ लाख ७२ हजार रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलाको २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो।


























