citizens life insurance long ad
stcnepal long ad

हुवावेको स्मार्ट प्रविधिसहित डोङफेङ एम–हिरो एक्स७०० एसयूभी सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले हुवावेको अत्याधुनिक स्मार्ट प्रविधिसहित नयाँ एसयूभी एम–हिरो एक्स७०० सार्वजनिक गरेको छ ।

अक्टोबर २५ मा सार्वजनिक गरिएको यो एसयूभी प्लग–इन हाइब्रिड प्रविधिमा आधारित छ । यसलाई सहरी प्रयोगसँगै हल्का अफरोड यात्रालाई लक्षित गरी विकास गरिएको हो ।

चीनमा यसको मूल्य १ लाख ४७ हजार ५०० युआनदेखि १ लाख ८७ हजार ७०० युआनसम्म तोकिएको छ । अमेरिकी डलरमा यो करिब २२ हजारदेखि २८ हजार डलर बराबर हुन्छ ।

एम–हिरो एक्स७०० मा हुवावेको एडीएस५ स्मार्ट ड्राइभिङ सिस्टम र हार्मोनी स्पेस६ स्मार्ट ककपिट उपलब्ध छ । यसमा १५.६ इन्चका दुईवटा २.५ के डिस्प्ले र ७४ इन्चको हुवो एक्स हेड–अप–डिस्प्ले राखिएको छ । गाडीमा लिडारसहित २७ वटा सेन्सर छन् ।

एक्स७०० मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन छ । ५१.४६ र ६८.१० किलोवाट आवरको ब्याट्री विकल्पमा उपलब्ध यस प्लग–इन–हाइब्रिड एसयूभीले ३६० किलोमिटरसम्म इलेक्ट्रिक रेन्ज दिने दाबी गरिएको छ ।

IME Life
kumari