citizens life insurance long ad
stcnepal long ad

दसैँ–तिहारलक्षित माइडियाको कुकिङ रेन्जमा विशेष अफर

Nimb long ad
Prabhu Insurance Long Ad

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडियाले दसैँ–तिहारलाई लक्षित गर्दै आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधि, बहुउपयोगी सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज बजारमा उपलब्ध गराएको हो ।

चाडपर्वका बेला परिवार, आफन्त र साथीभाइसँग विभिन्न परिकार तयार गर्ने परम्परालाई सहज बनाउने उद्देश्यले यी उत्पादन ल्याइएको कम्पनीले जनाएको छ ।

कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध हुने भएकाले विभिन्न परिकार तयार गर्न तथा भान्साको काम व्यवस्थापन गर्न सहज हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा माइडियाका FSC-600BX र FSC-6016ES गरी दुई मोडलका कुकिङ रेन्ज उपलब्ध छन् । FSC-600BX मा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने FSC-6016ES मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ । उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।

दुवै मोडलमा चारवटा ग्यास बर्नर छन् । फरक–फरक आकार र ताप क्षमताका बर्नरले कम तापमा खाना पकाउनेदेखि उच्च तापमा छिटो पकाउनेसम्मका आवश्यकता पूरा गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल र पुश–बटन इग्निसनजस्ता सुविधासमेत यी कुकिङ रेन्जमा समावेश छन् ।

ठूलो ओभन क्याभिटी र र्‍याक राख्न मिल्ने सुविधाले बेकिङ, रोस्टिङलगायत विभिन्न परिकार तयार गर्न सहज बनाउने कम्पनीको भनाइ छ । स्टेनलेस स्टिल फिनिस र आधुनिक कन्ट्रोल प्यानलले उपकरणलाई आकर्षक बनाउनुका साथै आधुनिक भान्साको सजावटसँग मेल खाने डिजाइन प्रदान गर्छ ।

माइडियाका यी कुकिङ रेन्जमा दुई वर्षको वारेन्टी उपलब्ध छ । दसैँ–तिहारको अवसरमा कुकिङ रेन्ज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधासमेत प्राप्त गर्न सक्नेछन् । अफर तथा क्यासब्याकमा कम्पनीका सर्तहरू लागू हुने जनाइएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा कम्पनीको अनलाइन प्लेटफर्म मार्फत माइडियाका विभिन्न उत्पादन खरिद गर्न सकिन्छ ।

माइडियाले नेपाली बजारमा रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नीलगायतका घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ ।

IME Life
kumari