citizens life insurance long ad
stcnepal long ad

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्ताव अनुसार शेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन्। यसमा कर समेत समावेश छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि सञ्चालक समितिबाट स्वीकृत गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

IME Life
kumari