citizens life insurance long ad
stcnepal long ad

बीवाईडीको लक्जरी ब्रान्ड डेन्जा भारत आउँदै, नेपालमा यसअघि नै लन्च

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीवाईडीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड डेन्जा भारतीय बजारमा नोभेम्बर १३ मा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार डेन्जाले भारतमा सार्वजनिक हुने क्रममा आफ्नो प्रिमियम सवारी लाइनअप प्रस्तुत गर्नेछ । त्यहाँ यसको पहिलो मोडलका रूपमा डेन्जा डी९ लक्जरी एमपीभी आउने अपेक्षा गरिएको छ ।

डेन्जा डी९ फराकिलो क्याबिन, विलासी सुविधा र विद्युतीय प्रविधिका कारण प्रिमियम एमपीभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने मोडल हो । बीवाईडीले डेन्जामार्फत प्रिमियम विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।

नेपालमा भारतभन्दा अगाडि नै प्रवेश गरिसकेको यो ब्रान्डको भारतीय बजार प्रवेशलाई कम्पनीको क्षेत्रीय विस्तारको अर्को कदमका रूपमा हेरिएको छ ।

IME Life
kumari