citizens life insurance long ad

रिलायन्स कलेजमा मुक्तिनाथ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा क्यापिटलले उक्त कार्यक्रम आयोजना गरेको हो ।असोज २३ गते आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजार सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने कामबारे जानकारी गराइएको थियो । साथै, सेयर लगानीका आधारभूत विषयमा पनि चर्चा गरिएको थियो ।

विद्यार्थीलाई लगानी गर्दा हुन सक्ने जोखिम र त्यसको व्यवस्थापन गर्ने तरिकाबारे जानकारी दिइएको थियो ।  सुरक्षित लगानीका अभ्यासबारे समेत सहभागीलाई सचेत गराइएको क्यापिटलले जनाएको छ ।

विद्यार्थीमा वित्तीय ज्ञान र पुँजी बजारसम्बन्धी सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसले युवा पुस्तालाई लगानी सम्बन्धी निर्णय लिन आवश्यक आधारभूत ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
kumari