भदाै १९ गते भित्र मन्त्रीमण्डल पुनर्गठन हुने
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल”प्रचण्ड”लाई साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले आफ्नाे प्रतिवेदन सर्वसम्मतिले तयार गरि गत भदाै ६ गते साँझ ४:४५ बजे प्रतिवेदन बुझाएपछि अब सचिवालय बैठकले उक्त प्रतिवेदनका निर्णयलाई कार्यान्वयन गर्न एजेन्डा तयार गर्ने र त्याे एजेन्डालाई स्थगित स्थायी समितिकाे बैठकमा छलफल गरि पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याइने भएकाे छ ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरु शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसालले तयार पारेकाे प्रतिवेदनमा पार्टी भित्र देखिएका सबै विवादलाई समाधान गर्ने सुत्र सहितकाे निकास सहमतिमा तयार पारिएकाे र यसलाई अध्यक्षद्वयले स्वीकार गरेकाे बताइएकाे छ ।
प्रतिवेदनमा तीन दर्जन सुझाव दिइएकाे छ। जसमा पार्टी एकताकाे महत्त्वलाई आत्मसात ,पद्वति र संस्थागत प्रणालीलाई सबल तुल्याउने,कार्यविभाजन स्पष्ट गर्ने,राजनीतिक तथा संगठनात्मक रूपमा गर्नुपर्ने काम सम्पन्न गर्ने, सरकार पुनर्गठन,सरकारलाई प्रभावकारी बनाउने,संसदीय दलकाे भुमिका प्रभावकारी बनाउने,प्रदेश सरकार पुनर्गठन , स्थानिय सरकारलाई थप प्रभावकारी बनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारलाई निरन्तरता दिने ,अध्यक्ष प्रचण्डलाई अझ शक्तिशाली अध्यक्ष बनाउने, ,सरकारी राष्ट्रिय नियुक्तका निर्णयहरुमा सचिवालयकाे सहमतिले गर्ने, महाधिवेशन आयाेजक समिति गठन गर्ने, पार्टी एकताकाे बाँकी काम सम्पन्न गर्ने, पार्टीका विभाग र भुगाेलकाे जिम्मेवारी ताेक्ने, पार्टीमा जनताकाे जनवादकाे निरन्तरता दिने,नेपालकाे सीमा समस्या समाधान गर्ने, काेभिड १९ काे महामारी राेकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान गर्ने,बाढी,पहिराे,डुवान,कटानबाट सिर्जित समस्या समाधानकाे अबलम्वन गर्ने ,शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने,एमसिसि सम्झाैताका कमि कमजाेरी सच्याएर राष्ट्रिय हितमा प्रयाेग गर्ने जस्ता विषय रहेका छन।
नेकपाले याे सहमति अनुसार छिट्टै अर्थात भदाै १९ गते भित्र संघीय सरकार पुनर्गठन गर्ने भएका छन,दुई वर्ष सरकारमा वसिसकेका र राम्राे प्रर्फमेन्स देखाउन नसकेका एक दर्जन मन्त्री हटाइने र नयाँ अनुहार ल्याउने तयारी हुन थालेकाे छ।
हटाइने उपप्रधानमन्त्री ईश्वर पाेखरेल, मन्त्रीहरूमा गिरिराजमणि पाेखरेल, शक्ति बहादुर बस्नेत, विना मगर, डा.यूवराज खतिवडा, प्रदिप ज्ञवाली, जगत बहादुर विश्वकर्मा, पद्मा अर्याल रहने पक्का जस्तै छ।
नयाँ थपिने उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ र वामदेव गाैतम मध्ये एक जना हुने छन। वामदेवलाई राष्ट्रिय सभामा मनाेनित गरिने भएकाे छ।
वामदेव उपप्रधानमन्त्री हुन नमिल्ने भएमा उनकाे काेटावाट तुलसा थापालाई मन्त्री बनाइदैछ । त्यसैगरि मन्त्री हुने लाइनमा जनार्दन शर्मा , पम्फा भुषाल, भिम बहादुर रावल ,सुरेन्द्र पाण्डे, विण्णु पाैडेल रहेका छन। यसै गरि विधा भट्टराई, अमनलाल माेदी, विराेध खतिवडा, प्रभु साह, हरिवाेल गजुरेल, टाेप बहादुर रायमाझी आदि छन।
अर्थ मन्त्री वन्न विण्णु पाैडेल, सुरेन्द्र पाण्डे र वामदेव गाैतमकाे दावी रहदै आएकाे छ। राम बहादुर थापालाई गृह मन्त्रीबाट हटाएर गृह मन्त्री हत्याउन जनार्दन शर्मा र भिम बहादुर रावलकाे टक्कर परिरहेकाे छ । रावलले मन्त्री बन्ने लाेभ छैन भनेपनि गृह वा परराष्ट्र मागेका छन।
पर्यटन मन्त्री याेगेश भट्टराईलाई सञ्चार तथा सुचना मन्त्रालयमा सारेर सरकारकाे प्रवक्ता बनाउने सम्भावना रहेकाे छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कानुन मन्त्री शिवमाया तुम्वाहाम्फे, महिला मन्त्री पार्वत गुरूङ, कृषि मन्त्री घनश्याम भुषाल, श्रम मन्त्री रामेश्वर राय यादव,संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने मन्त्रीबाट तत्काल नहटाइने र मन्त्रालय भने हेरफेर हुन सक्ने मन्त्री हुन ।
यस्तै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई हटाएर भिम प्रसाद आचार्य ,बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल हटाएर अष्टलक्ष्मी शाक्य , राजेन्द्रप्रसाद पाण्डे ,केशव स्थापित, पशुपती चाैलागाई मध्ये एक जना मुख्यमन्त्री वन्न दाैडधुप गरिरहेका छन ।
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले आफू मुख्यमन्त्री छाडने र पार्टी ईञ्चार्ज मात्र वन्ने बताइ रहेकाले ५ नम्वर प्रदेशमा खिमलाल भट्टराई वा कुल प्रसाद केसी मुख्यमन्त्री हुने लाइनमा छन। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही हटेर प्रकाश ज्वाला वा यमलाल कडेल मध्ये एक जना मुख्यमन्त्री बन्दै छन ।
सुदुर पश्चिम प्रदेशमा भने अहिलेकै मुख्यमन्त्रीले निरन्तरता पाउन सक्ने सम्भावना रहेकाे छ ,यद्यपी उनीसँग प्रचण्ड सन्तुष्ट छैनन् ।
सरकारका नियुक्तिमा अब ओली, माधव नेपाल, प्रचण्ड , नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम वीच भागवण्डा हुनेछ । संवैधानिक आयाेगमा प्रमुख र आयुक्त गरि ३९ वटा पद रिक्त छ । त्यस्तै छिट्टै एक दर्जन राजदुतहरु रिक्त हुदैछ,यसमा सहमतिबाट भागवण्डाबाट नियुक्ति हुनेछ ।
उता भष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियारमा आगामी असाेजमा प्रमुख आयुक्त रिक्त हुदैछ,अहिले त्यहाँ दुई आयुक्त रिक्त छ । त्यसमा प्रमुख आयुक्तमा प्रचण्डले आफू निकटलाई नियुक्त गरेर क्यान्टोनमेन्टमा गरेकाे भष्टाचारबाट वच्न खाेजेका छन।
आयुक्तमा भने एक जना ओलीका र अर्काे एक जना माधव नेपालका मानिसलाई भागवण्डामा गरिने भएकाे पार्टीको सहमतिकाे प्रतिवेदनबाट स्प्रष्ट देखिदैछ ।



























