stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ उपत्यकाका तीन जिल्लामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौँ । उपत्यकाका तीन जिल्लामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकल अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९.१५ बजेसम्म मात्रै गर्न पाइने निणर्य गरेको हो ।

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निणर्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा भनिएको छ. ’अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए

त्यस्तै, अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ .१५ बजेसम्म खोल्न सकिने जनाईएको छ ।

चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए

अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि भनिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

prabhu mahalaxmi
kumari